Santosh Pyakurel- Blog
........केही गरौ कि भन्ने एउटा सानो प्रयास .....

What level can you study with different grades in 10+2 ?

प्लस टु मा कुन ग्रेड ल्याउनेले के पढ्न पाउनछन्  ? (उत्तर सहित)

 

ग्रेडिङ प्रणाली मा पास अथवा फेल भन्ने हुदैन । यस प्रणाली अनुसार १०० मा २ अङ्क ल्याउनेलाई समेत (E) ग्रेडमा सुचिकृत गरिन्छ । त्यसको अर्थ मिहिनेत पुगेन/एकदमै अपर्याप्त भन्ने हुन्छ तर फेल भनेर भनिदैन । त्यसैले जम्मा २ नम्बर ल्याउनेले पनि निर्धक्कका साथ स्नातक (ब्याचलर) तहमा भर्ना हुन पाइन्छ । तर कुनै कुनै बिषय जस्तै इन्जिनियरिङ/मेडिकल पढ्न भने नपाइने हुन सक्छ । कुन ग्रेड ल्याउनेले के पढ्न पाउने भन्ने बिषयमा शिक्षा मन्त्रालयले बनाएको न्यूनतम मापदण्ड अनुसार बिश्वबिद्धालयले भर्ना लिने गर्दछन् ।

डी प्लस भनेको फेल हैन भने मेरो ११ को परिक्षामा डी प्लस आउँदा कलेजले किन फेरि परिक्षा दिन लगाएको हो त ?

कुनै पनि कलेजले आफ्नो विद्यार्थीले राम्रो अङ्क ल्याओस भन्ने चाहान्छ । कुनै विद्यार्थीले प्लस टु परीक्षामा थोरै ग्रेड ल्याएकै कारण भोलि कुनै अवसरबाट बन्चित हुन नपरोस् भनेर पुन: परीक्षा दिन लगाइएको हो ।

मेरो कलेजले २ ओटा बिषयमा डी प्लस ल्याएको भन्दै जबर्जस्ती मेरो फारम भरिदियो, अब मैले परीक्षा दिनै पर्छ ?

दिए पनि हुन्छ, नदिए पनि हुन्छ ।

यस्तो अवस्थामा मैले यदि परीक्षा दिइन भने भोली केहि अप्ठ्यारो पर्छ ?

पर्दैन ।

अनि मैले ग्रेडवृद्धि परीक्षा दिएर पहिलेको भन्दा थोरै ग्रेड आयो भने कुन ग्रेड मान्य हुन्छ ?

यस्तो अवस्थामा धेरै आएको ग्रेड अर्थात पहिलेकै नतिजा मान्य हुन्छ ।

मेरो परिक्षा एकदमै बिग्रेको छ । एउटा, दुई अथवा तिनवटामा डी प्लस आउँछ जस्तो छ, म के गरम ?

नतिजा पछि तपाइँलाई आफ्नो ग्रेड चित्त बुझेको छैन र अझै राम्रो गर्न सक्छु जस्तो लाग्छ भने फेरि परीक्षा दिएर आफ्नो ग्रेड बढाउन सक्नुहुनेछ । हैन भने सोही ग्रेड लिएर स्नातक तहमा अध्ययन गर्न पनि सक्नु हुनेछ ।

धेरै बिषयमा डी प्लस वा सो भन्दा कम आएपछी अब फेरि परिक्षा दिने कि नदिने त ?

दिए पनि हुन्छ, नदिए पनि हुन्छ ।

अनि डी प्लस आएर फेरि परिक्षा नदिइ स्नातक (ब्याचलर) तहमा भर्ना गर्न पाइन्छ त ?

पाइन्छ, तर केहि बिषय पढ्ने अवसर भने प्राप्त नहुन सक्छ । जस्तो जापानी राजदुतावास ले हरेक बर्ष छात्रवृत्ति प्रदान गरि केहि विद्यार्थीलाई जापानमा पढ्न पठाउछ । तर त्यस छात्रवृत्तिमा आबेदन दिनको लागि १२ कक्षाको गणित मा न्यूनतम ७५ नम्बर आएको हुनु पर्छ, अब डी प्लस ग्रेड आउनु भनेको ३० देखि ४० को अन्तरालमा अङ्क ल्याउनु हो । त्यसैले यस छात्रवृत्तिको लागि त्यस्ता विद्यार्थीले आबेदन दिन पाइदैन । त्यसैले राम्रो ग्रेड नआएको अवस्थामा केहि अवसर बाट भने पक्कै पनि बन्चित हुन पर्ने देखिन्छ ।

डी प्लस आएको बिद्यार्थीलाई पढ्नको लागि बिदेश जान समस्या हुन्छ ?

त्यो बिश्वबिद्धालयमा भर पर्ने कुरा हो । गुणस्तरको लागि भन्दै कतिपय उत्कृष्ट बिश्वबिद्धालयमा भर्ना आवेदन प्रक्रिया नै धेरै असहज हुन्छ । कति बिश्वबिद्धालयमा भने सहजै प्रवेश पाउन सकिन्छ । प्लस टुको मात्र नभएर अरु टेस्टहरु जस्तै आइल्ट्स, टोफेल, जिआरइ लगायतमा प्राप्त गरेको अङ्क, आर्थिक अवस्था, ब्यक्तित्व सबै कुराले बिदेशमा उच्च शिक्षाको लागि असर गर्ने कारकहरु हुन् ।

हाम्रो समग्र (औशत) ग्रेड कति हो भन्ने थाहा हुन्छ कि हुँदैन ?

कक्षा ११ र १२ को नतिजामा प्राप्त ग्रेडलाई मिलाएर औशत ग्रेड र जिपिए निकालिनेछ । त्यसैले १२ को नतिजा पछि प्राप्त हुने ट्रान्सकृप्टमा जिपिए र औशत ग्रेड उल्लेख गरिनेछ ।

सैदान्तिक (थेओरी) र प्रयोगात्मक बिषय (प्राक्टिकल) बिषय जोडिन्छ कि जोडिदैन ?

सैदान्तिक र प्रयोगात्मक बिषय क्रेडिट आवर फरक फरक भएको कारणले यी बिषयमा प्राप्त गरेको ग्रेड एकै ठाउँमा जोडिदैन ।

त्यसो भए मेरो कम्प्युटर सैदान्तिकमा बि प्लस अनि प्रयोगात्मकमा चै ए प्लस आयो भने समग्रमा मेरो कम्प्युटरमा ए आयो भन्न मिल्दैन है ?

सहि कुरा बुझ्नुभयो ।

अनि यो क्रेडिट आवर भनेको चै के हो ?

ग्रेडिङ प्रणालीमा बिषयको जटिलताको मुल्यांकन क्रेडिट आवरबाट हुन्छ । कुनै पनि बिषयको पाठ्यक्रम बनाउँदा त्यो कति घन्टामा पढाएर सक्ने भन्ने कुरा पहिल्यै छुट्याइएको हुन्छ । जस्तो गणितको एउटा पाठ पढाउदा सो पाठ दिनमा १ घन्टाको दरले पढाएर कति दिनमा सक्किन्छ भन्ने कुरा पहिल्यै निर्धारण गरिएको हुन्छ । त्यो सम्पुर्ण बिषय पढाउन लाग्ने समयलाई कोर्ष कम्प्लिसन ड्युरेशन भनिन्छ । अनि यहि कोर्ष कम्प्लिसन ड्युरेशन लाई ३२ ले भाग गरेपछि क्रेडिट आवर प्राप्त गरिन्छ ।

अहिले भौतिकशास्त्र (फिजिक्स) बिषयको क्रेडिट आवर ४.६९ छ भन्नुको मतलब यो बिषय पढाउन (४.६९ × ३२ =१५०) घन्टा लाग्छ भन्ने बुझिन्छ । कुनै पनि बिषयको क्रेडिट आवर १ छ भने सामान्यतय त्यसको अर्थ विद्यार्थीले त्यो बिषय हप्तामा ३ घन्टा (एक दिनमा ३० मिनेट) पढ्नुपर्छ भन्ने हुन्छ र २ छ भने हप्तामा ६ घन्टा (एक दिनमा ६० मिनेट) पढ्नुपर्ने हुन्छ । यसरी क्रेडिट आवरबाट बिषयको जटिलताको बारेमा जान्न सकिन्छ ।

ग्रेडिङ प्रणाली अनुसारको बर्गिकरण तालिका पाइन्छ कि ?

तल दिइएको छ ।

कसले के पढ्न पाउने त ?

कसले के पढ्न पाउने भन्ने कुरा यसअघिकै अङ्कगणित प्रणाली अनुसारको मापदण्डलाई ग्रेडिङ प्रणालीमा लगेर न्युनतम जिपिए तोकि भर्ना मापदण्ड बनाइन्छ ।

उहादरणको लागि: त्रिभुवन बिश्वबिद्धालयले यस अघि इन्जिनियरिङ संकायमा भर्ना हुनको लागि प्लस टु मा ४५ प्रतिशत अङ्क ल्याउनु पर्ने प्राबधान राखेको थियो । ग्रेडिङ प्रणाली अनुसार यो भनेको सी ग्रेड हुन आउँछ । त्यसैले औषतमा सी ग्रेड ल्याउनेले त्रिभुवन बिश्वबिद्धालय अन्तर्गतको इन्जिनियरिङ संकायमा भर्ना हुन पाउने देखिन्छ । सोहि कुरा मेडिकल, बीएस्सी, बीबीए, कृषि, पशु, बागवानी, कानुन संकायमा नि लागू हुन्छ । केही बिषयहरु जस्तै मानबिकी, बीबीएस लगाएतका बिषयमा भने यसअघि प्लस टु पास हुने सबैले भर्ना गर्न पाइने प्राबधान भएकाले औसतमा डी ग्रेड ल्याउनेले पनि भर्ना हुन पाउने देखिन्छ ।


Source : Read more: 
https://www.merostudy.com/nepali-post/11120/

Common Foundation Pvt. Ltd. is a career based consultancy located in Putalisadak( opposite left of Kumari Bank) can be contacted at 01-4010675 and 9845536915
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free