Santosh Pyakurel- Blog
........केही गरौ कि भन्ने एउटा सानो प्रयास .....

सुखमय र सफल जीवनको लागि सदा मनन गर्नुपर्ने &#

सुखमय र सफल जीवनको लागि सदा मनन गर्नुपर्ने कुराहरु

 
महापुरुषहरुका कथन :

मानिसले गर्न नसक्ने काम केही छैन तर गर्नलाई मानिसलाई साहसको आवश्यकता पर्छ । 
-कार्लाईल
जसले आफ्नो समय बरबाद गर्‍यो उसले यो बुझे हुन्छ कि उसको एउटा पनि इच्छा पुरा हुँदैन , उसको जीवन सदा दु:खमय बित्नेछ त्यसैले समयलाई चिन । 
- ब्रर्टेण्ड रसेल
इच्छा के हो ? तपाईंको कार्य क्षमताको पारीक्षा हो । 
- स्टेनबैक
मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्‍यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो - रुजवेल्ट
उठ, तँ के चाहन्छस ? म तलाई सबै दिन्छु तर पहिला आफुले आँफैलाई चिन । 
- अरस्तु
अरे मानिस , आफ्नो एक सेकेण्ड समय पनि खेर नफाल , साबधान तँ पछुताउनु पर्लास । केही गर्नुछ भने समयको सदुपयोग गर । 
- रिचर्ड जानसन
पागल हो उ जो आफुलाई भाग्यबादी हुँ भन्छ । 
- जर्ज वर्नार्ड शा
प्रसिद्दी प्रत्यक मानिसले प्राप्त गर्न सक्छ तर दुइ प्रकारको बाटो छन , एउटा बाटो राम्रो काम गरेर अर्को नराम्रो काम गरेर । राम्रो काम गरेर प्रसिद्दी धेरै तपस्या गरेर पनि ढिलो मात्र पाईन्छ भने नराम्रो काम गरेर रातारात । अब यो तपाईंको आफ्नो निर्णय हो कि प्रसिद्दी कसरी पाउने ? 
- सैमुअल वोन
दिनहिन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो ? 
- माइकल फराडे

हामी आफ्नो भाग्यको बिधाता आफु स्व्यम हौ । 
- अरस्तु

.



तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर । 
- अल्वा एडिसन
मर्नु भन्दा अगाडि केही गरेर देखाउ । 
- अरस्तु
आफ्नो भलाई चाहन्छौ भने केही काम गर , अल्छिपना त्याग तिमीले सबै पाउने छौ । 
- टिंगसन
आफ्नो जीवनको यि शत्रुहरुलाई चिन 
१) अल्छिपना 
२) चिन्ता 
३) अरुको भर 
४) समयको दुरुपयोग 
यि ४ शत्रु माथि बिजय पाउने कोशीस गर , तिमीले जे चाहन्छौ त्यो पाउनेछौ । 
- सँत पितर
तिमीले आफ्नो खुट्टामा आँफै बन्चरो हान्छौ जब आफ्नो समय बरबाद गर्छौ र पछी तिमीलाई पश्चाताप हुन्छ । त्यसैले अहिले नै होसियार हुनु । 
- अरस्तु
जे भयो भई सक्यो त्यसलाई भुलीदिनु , काम गर अझै समय छ । 
- एड्गर एलन पो
के भाग्य ईश्वरको हातमा छ ? होइन यो त अल्छिहरुको नारा हो । नत्र सबै कर्म्यठ ब्यक्तीहरुको भाग्य सधैं उज्ज्वल किन हुन्छ ? 
- वर्डसवर्थ
मनको भावनाको दशाको नामनै सुख र दु:ख हो । 
- ईबने बतुता
दु:ख के सुख के सबै तिम्रै हातमा छ । 
- शेक्सपियर
स्वास्थ्य छ त सबै छ स्वास्थ्य छैन त केही छैन । 
- लाँगफेलो

स्वास्थ्य मानिसले नै जीवनमा प्रगती गर्न सक्छ । 
- डाक्टर हार्मोन


This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free