Santosh Pyakurel- Blog
........केही गरौ कि भन्ने एउटा सानो प्रयास .....

कस्तो बिधार्थी ले विदेश पढ्न जाने ?

कस्तो बिधार्थी ले विदेश पढ्न जाने ?
 
साधारणतया अधिकांश बिधार्थी आफ्नो १० +२ को पढाइ पश्चात विदेश जाने तरखर गर्छन। आमाबुवाको पनि सपना उच्चशिक्षा देशकै उत्कृस्ट नत्र बिदेशका राम्रा कलेजहरुमा छोराछोरी पढाउ भन्ने नै हुन्छ। योग्यता र क्षमताको आधारमा बिदेश अध्ययनलाई नराम्रो भन्न मिल्दैन। तर   सकि नसकी विदेश पढ्न खोज्ने र पढाउन खोज्नेहरुका बीच उचित परामर्श दिने सँस्था र परामर्शदाताले आवश्यकता र औचित्यपूर्ण परामर्श दिनु न्यायोचित देखिन्छ। मुलत: तल उल्लेखित कुरालाई ध्यान दिन जरुरि देखिन्छ।




१. शैक्षिक योग्यता : विदेश अध्ययनको लागि कलेज तथा बिश्वबिधालयको छनौटको आधार नै पछिल्लो तहको शैक्षिक योग्यताको अंक हो। उत्कृस्ट अंक प्राप्त गरेका बिधार्थीहरुले ५% देखि १००% सम्म छात्रवृति प्राप्त गर्न सक्दछन। 


२. अंग्रेजी भाषा परिक्षा : विदेश अध्ययनको लागि छनौटको आधारको रुपमा IELTS / SAT / TOEFL / PTE जस्ता अंग्रेजी भाषा तथा बिसय बिशेषको परीक्षालाई पनि छनौटको मापकको रुपमा लिने गरिन्छ।अंग्रेजी भाषा परीक्षाले बिधार्थीको छनौट मात्र हैन अध्ययनमा रहदा आफ्नो बिधार्थी जीवनलाई सहज बनाउने कडीको रुपमा पनि लिनुपर्दछ। 


३.आर्थिक स्थिति : पारिवारिक आर्थिक स्थिति मजबूत भएको खण्डमा छात्रवृतिबाट बिमुख भएपनि पारिवारिक सहयोगका कारण अध्ययनलाई निरन्तरता दिन सकिन्छ।  अधिकांश बिधार्थी  र आमाबुवाहरुको सोच बिदेशमै कमाउदै पढाउने भन्ने हुँदा प्रतिकूल अवस्थामा अप्ट्यारॊ पर्ने गरेको छ। यस्तोमा ब्याकअप प्लान आवश्यक छ। 


४.आधुनिकताको समायोजन : तेश्रो बिस्वको बिधार्थी विश्वको अत्याधुनिक सुबिधा सम्पन्न मुलुकहरुमा गरेपछि आफुलाई तदनुरुप समायोजन  गर्न सक्दैनन। प्रबिधिको प्रयोगमा हिचकिचाउनु र आफुलाई हिनताबोध महसुस हुँदा प्रतिभा प्रस्फुटन हुन नसक्नु र अत्याधिक खर्चका साथै ठगीमा पर्ने हुनसक्छ। 


५. पारिवारिक बिछोड : कहिल्यै घर परिवार बाट टाढा नरहेका छोराछोरीहरु बिदेशीनु पर्दा निकै पिडाबोध भएका घटनाहरुपनि छन्। परिवारबाट टाढा बस्न सक्ने र आफ्नो संघर्षको जीवनलाइ एकल अगाडी बढाउन सक्ने क्षमताको वृद्धि गर्नु अहिलेका बिधार्थीहरुले अनिवार्य छ भने आमाबुवाहरुले पनि छोराछोरीहरुलाई सकारात्मक स्वतन्त्रता दिन जरुरी देखिन्छ। 




Common Foundation is a leading career based educational consultancy situated in Putalisadak , Kathmandu, Nepal can be contacted at 01-4010675 and 9845536915

This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free