Santosh Pyakurel- Blog
........केही गरौ कि भन्ने एउटा सानो प्रयास .....

समसामयिक बिषय -विदेश अध्ययन: के गर्ने?के नगर्ने !

बैदेशिक अध्ययन सार्वजनिक चासोको बिषय हो। हुनेखाने र हुदाखाने जोसुकैले पनि आफ्ना छोराछोरी बिदेशमा पढुन भन्ने सोच राख्नु अस्वाभाविक हैन। इच्छा अनुसारको शिक्षा लिनु हरेक मानिसको नैसर्गिक अधिकार भित्र पर्दछ। तत् सम्बन्धि पूर्वाधार तयारै नगरी बैदेशिक अध्ययनमा जानखोज्ने चाहनाले जोखिम बढेको भने पक्कै हो। 

                                    

के गर्ने त ?

सबैभन्दा पहिला तपाईका छोराछोरीले १० +२ को पढाइ सक्दै छन कि छैनन् ? कहिले सक्दैछन ? हो यहिनेर मूल प्रश्न छ। विदेश अध्ययन पनि उचित योजनामा भर पर्दछ। योजना बिनाको विदेश अध्ययन अधिक खर्च र असफलता तर्फ उन्मुख हुन्छ। आफ्नो छोरा छोरीलाइ  १२ कक्षा को परिक्षा लगत्तै पासपोर्ट बनाएर आइइएलटीएस / टोफल /स्याट जस्ता परीक्षाको तयारीमा लगाउनुपर्छ । ठिक त्यसै समयमा जाने देश , पढ्ने बिषय , लाग्ने खर्च, देखाउनुपर्ने रकम, आधिकारिक बैंक , प्रोपर्टी र इनकमको बारेमा उचित परामर्श समयमै परामर्शदाता बाट लिनुपर्छ। छोराछोरीले तयारी कक्षा लिदैगर्दा आमाबुवाले खर्च लाग्ने रकमको जोहो गर्ने र शैक्षिक कर्जा लिने हो भने सुरक्षण धितोको बारेमा आफ्नो र परिवारको धारणा बनाउनु पर्छ। 


के मा बिचार पुर्याउने ?

विदेशअध्ययनको काउन्सेलिङ्गमा आमा ,बुवा वा अभिभावक पनि संगै जानुपर्छ। छोरा छोरीको भबिश्य सँग सम्बन्धित बिषयबस्तु प्रस्ट रुपमा बुझ्नु पर्दछ। देश , बिषय , कलेज , शहर ,पढाइको तह , स्तर अनि पढेपछि हुने उपलब्धिका बारेमा यथेस्ट जानकारी लिनुपर्दछ। भिसा ग्यारेन्टी , फ्री ,फ्री मा आवास सुबिधा , फ्री एयरपोर्ट पिकअप जस्ता कुराले तपाइको छोराछोरीको अध्ययनको बिषय र गुणस्तर प्राप्तीमा कमि नहोस भन्ने तर्फ सजग रहनु पर्दछ। 
 
कसरि भिषा लाग्छ ?

भिषा कसैले ग्यारेन्टी गर्न सक्दैन। भिषा लाग्ने भनेको तपाइको एस.एल.सी., १०+२ आदि पढाई को प्रतिशत , आइ इ एल टी एस को स्कोर , मान्यता प्राप्त बैक को ब्यालेन्स वा शैक्षिक कर्जा को कागज ,आमाबुबाको उचित बार्षिक आम्दानि र घर जग्गा जमिनको प्रमाण आदीको समुचित संयोजन सहितको कागजातहरुलाई परामर्श दाता सँस्थाको योग्य कर्मचारीले अरु बिधि र प्रक्रिया पुर्याएर भिषा आवेदन गरेपछि भिषा प्राप्त हुन सक्दछ। 


कस्ता देशमा जाने ?
अक्सर नेपाली बिध्यार्थीहरुको रोजाइमा अमेरिका , अस्ट्रेलिया , जापान , न्युजिल्याण्ड ,जर्मनी , नर्वे , डेनमार्क ,पोल्याण्ड जस्ता पर्नेगरेका छन् भने बिषय विशेषमा हेर्ने हो भने इञ्जिनियरिङ्ग पढ्न भारत, मेडिकलका लागी बांग्लादेश ,चीन र फिलिपिन्स , नर्सिङ्ग पढ्न भारत र अस्ट्रेलिया जानेको संख्या दिनानुदिन बढ्दो छ। नेपाली बिध्यार्थिहरु पढ्न जाने देशको छनौट गर्दा त्यस देशले प्राथमिकता अन्तरास्ट्रिय बिधार्थीलाइ राखेको छकि छैन ?त्यस अनुरुप नीति नियम, कानुन र सुरक्षाको प्रत्याभूति दिनसकेको छकि छैन ,त्यस देशको शिक्षा को गुणस्तर र मान्यता हाम्रो देशको सरकारले दिए नदिएको पनि बुझ्नु आवश्यक छ। सकभर कुटनितिक सम्बन्ध नभएको मुलुकमा जानु हुन्न। 

(बाकी अर्को अंकमा )


Common Foundation Pvt.Ltd. is a career based educational consultancy based in Kathmandu ( opposite left of Kumari Bank) Nepal can be contacted at 01-4010675 and 9845536915




This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free